काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। चालु आवको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँबराबरको विप्रेषण पठाएका छन्।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो। गत वैशाखमा विप्रेषण आप्रवाह दुई खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।