काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

११ आश्विन २०८२
अ+
अ-

काठमाडौं। मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत पेट्रोल पम्पहरूमा देखिएको इन्धन आपूर्तिको समस्या समाधान भएको छ।

मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा ट्यांकर पास हुन नसकेपछि पृथ्वी राजमार्गका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थ अभाव देखिएको थियो।

निगमका प्रवक्ता मनोज ठाकुरले समस्या समाधान भइसकेकाले अब पेट्रोल पम्पहरूमा इन्धन अभाव नहुने बताए।

‘मुगलिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।