काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १३ हजार चार सय रुपैयाँले घट्दै दुई लाख ८६ हजार ६ सयमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार र आइतबार पनि सुनको भाउ क्रमशः २० हजार पाँच सय र १८ हजार आठ सय रुपैयाँले घटेको थियो। पछिल्ला तीन कारोबार दिनमा मात्रै सुनको मूल्य ५२ हजार सात सय रुपैयाँले घटिसकेको छ।
गत १५ गते तोलाको तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर ऐतिहासिक उच्च विन्दुमा पुगेको सुन त्यसपछि निरन्तर ओरालो लागेको हो।
यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला सात हजार ६५ रुपैयाँ रहेको चाँदी सोमबार घटेर पाँच हजार दुई सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।
सुन तोलामा १३ हजार ४०० सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार?