काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

१९ माघ २०८२
दलाई लामा। तस्बिर : सिन्ह्वा
अ+
अ-

काठमाडौँ। तिब्बती आध्यात्मिक नेता दलाई लामाले ६८औँ ग्रामी अवार्ड जितेका छन्।

लस एन्जलसमा आइतबार उनले सर्वश्रेष्ठ अडियोबुक श्रेणीमा पहिलोपटक अवार्ड हात पार्न सफल रहे। उनको एल्बम मेडिटेसन्स : द रिफ्लेक्सन्स अफ हिज होलिनेस द दलाई लामाको लागि उनलाई सम्मान गरिएको थियो।

“म यो सम्मान कृतज्ञता र विनम्रताका साथ स्वीकार गर्दछु,” १४औँ दलाई लामाको आधिकारिक एक्समा पोस्ट गरिएको छ।

“म विश्वास गर्छु कि शान्ति, करुणा, हाम्रो वातावरणको हेरचाह र मानवताको एकता बुझ्नु सबै आठ अर्ब मानव जातिको सामूहिक कल्याणको लागि आवश्यक छ‚” उनले भनेका छन्‚ “म कृतज्ञ छु कि यो ग्रामी सम्मानले यी सन्देशहरू अझ धेरै मानिसहरूमा फैलाउन मद्दत गर्न सक्छ।”