काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। १४ वटा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी भई फरार रहेका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-५ का ४७ वर्षीय राजु मिजार रहेका छन्।

मिजारलाई काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट सोमबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोका अनुसार मिजारविरूद्ध १४ वटा बैंकिङ कसुरका मुद्दामा अदालतले दोषी ठहर गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले मिजारलाई २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगोको मुद्दामा अदालतले ९० दिन कैद, ४३ लाख २३ हजार ५३४ जरिवाना र एक लाख ७२ हजार ‍९४१ रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो।

अदालतले विभिन्न समयमा फैसला गर्दै दोषी ठहर भएका मिजार फरार थिए। प्रहरीले मिजारलाई फैसला कार्यान्वयनको लागि मंगलबार काठमाडौँ जिल्ला अदालतको जिम्मा लगाएको छ।