काठमाडौँ। प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
आज बसेको बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले विभिन्न माग राख्दै विरोध जनाएका थिए। उनीहरूले नाराबाजीसहित बैठक अवरुद्ध पारेपछि कार्यसूचीमा प्रवेश गर्न नसकिएको हो।
बैठक सञ्चालन गर्न अध्यक्षले पटक-पटक आग्रह गरे पनि प्रतिपक्षीको अवरोध कायम रहेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको संसद् सचिवालयले जनाएको छ। अब राष्ट्रिय सभाको अर्को बैठक बिहीबार बस्नेछ।
