काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

सेयरबजार

सेयरबजारमा मंगलबार ३५७ कम्पनीको ६३ हजार ७३२ पटकको कारोबारमा एक करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच

२६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से झिनो अंकले घटेको छ। दिनभर उतारचढाव बनेको नेप्से अन्तत: घटेरै बन्द भयो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार १.५४ अंकले घटेको छ। सोमबार भने २०.२७ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०५ प्रतिशतले घटेको नेप्से २७३३.५९ विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.२९ अंकले घटेर ४६९.०७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०६ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ प्रतिशतले घटेको छ।

सेयरबजारमा मंगलबार ३५७ कम्पनीको ६३ हजार ७३२ पटकको कारोबारमा एक करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँको कारोबार भयो। सोमबार भने चार अर्ब आठ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज १०५ कम्पनीका सेयरमूल्य बढे। १५१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १५ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (मंगलबार) १३ समूहको कारोबार भएकामा चारवटा समूहको मात्र सूचक बढ्यो भने बाँकी नौ समूहका सूचक घटे।

जसअनुसार मंगलबार वाणिज्य बैंक ०.००‚ विकास बैंक ०.०६ र फाइनान्स समूहको सूचक १.०१ प्रतिशतले घट्यो।

यसैगरी होटेल तथा पर्यटन ०.१२ र जलविद्युत् समूहको सूचक ०.०१ प्रतिशतले बढ्यो। लगानी ०.१२ र जीवन बिमा समूहको सूचक ०.३७ प्रतिशतले घट्यो। उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.२६ प्रतिशतले बढ्यो।

लघुवित्त ०.२०‚ म्युचुअल फन्ड ०.१५ र निर्जीवन बिमा समूहको सूचक ०.४६ प्रतिशतले घट्यो। अन्य समूहको सूचक ०.२९ प्रतिशतले बढ्यो भने व्यापार समूहको उपसूचक ०.३८ प्रतिशले घट्यो।

नेप्सेमा मंगलबार सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् सोपानको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यस्तै क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ९.१६ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज एग्रिकल्चर बोन्ड अग्रस्थानमा रह्यो। मंगलबार यसको ५७ करोड २० रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो। मंगलबार यसको ६ लाख ३८ हजार ७७७ कित्ता सेयर कारोबार भयो।
सोमबार यसको तीन लाख ४१ हजार ६७८ कित्ता सेयर कारोबार भएको थियो। आँखुखोलाको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४०९ रुपैयाँ कायम रह्यो।