तस्बिर कथा
काठमाडौँ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज (मंगलबार) पनि सुरु भएको छ।
बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाउँदै सदनको कारबाही प्रभावित बनाएका छन्।
सांसदहरूले आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने भन्दै नाराबाजीसहित विरोध जारी राखेका हुन्। विरोधका कारण सभामुखले बैठक सञ्चालन गर्न प्रयास गरे पनि सदनमा अवरोध कायमै छ।
पछिल्लो समय निरन्तरजसो प्रतिनिधिसभा बैठकमा अवरोध हुँदै आएको छ। सदनको अवधोधका कारण महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन्। सरकार र प्रतिपक्षबीच सहमति जुटाउने प्रयास भइरहे पनि ठोस निष्कर्ष निस्किन सकेको छैन।
