काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ।
शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेकाे जानकारी दिए ।
यस्ता छन् मुख्य निर्णय:
१. तल्लो अरुण, लोअर न्यादी खोला, धुन्सा खोला र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने
२. निजामती सेवा १६औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने
३. विशालकुमार भण्डारी (दोलखा)को अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गर्ने
४.पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुदन गुरुङका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने