काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

भैरहवा। रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित भएका छन्।

संघको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन्।

यसअघिको निर्वाचनमा पनि थापासँगै पराजित भएका उनका निकटतम् प्रतिस्पर्धी शक्तिप्रसाद गौचनले यसपटक ४९ मत प्राप्त गरेका थिए। निर्वाचनमा १२६ मतदातामध्ये ११९ मत खसेको थियो।

मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार उपाध्यक्षमा खेमराज भुसालले ६९ मत, सचिवमा उदयकुमार मल्लिकले ६८, कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले ७७ र महिला सदस्यमा उमा अधिकारीले ७७ मत मत प्राप्त गरी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्य पदमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, विजयसिंह ज्ञवाली, मनोज भण्डारी, अन्तिम थापा, ज्वालेशप्रसाद प्रधान, भुवन पाण्डे, ताराप्रसाद पाठक र कृष्णकुमार कुँवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्ष पदमा निर्वाचित भएपछि थापाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, “यसअघिको अनुभवलाई समेटेर नवनिर्वाचित टिमसहित सम्पूर्ण शुभचिन्तक तथा खेलप्रेमीको साथ सहयोग लिएर समग्र क्रिकेट खेलको विकास एवं विस्तारमा समर्पित हुनेछु।  भैरहवा–बुटवल क्षेललाई क्रिकेटको हबका रूपमा विकास गर्ने सोचसहित रूपन्देही जिल्लाको क्रिकेटको विकास, खेलाडी उत्पादन तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर नवनिर्वाचित सङ्घ अघि बढ्ने स्पष्ट गर्दछु।”