नेपालमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि लगभग डेढ लाख अस्थायी निर्वाचन प्रहरी भर्ना गरिँदै छ।

निर्वाचन प्रहरी उम्मेदवारहरूको आजबाट शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षा सुरु भएको छ।

छनोट प्रक्रियामा पुसअप, सिटअप र रनिङ गर्नुपर्ने छ। महिलाका हकमा पाँचपटक पुसअप र पाँचपटक सिटअप तथा पुरुषहरूले १० पटक पुसअप र १० पटक सिटअप गर्नुपर्नेछ। दौड १६०० मिटर पूरा गर्नुपर्ने छ।

निर्वाचन प्रहरीलाई प्रहरी जवानसरह आधारभूत मासिक पारिश्रमिक दिइनेछ।

यस्तै पोसाक, यातायात, रासन, खाजा खर्चलगायतमा सुविधा दिइनेछ।

निर्वाचन प्रहरीको कार्यावधि ४० दिनको हुनेछ।