काठमाठौँ। ईश्वरी भुजेल हत्या प्रकरणमा हत्याका आरोपित ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपेको छ।
न्यायाधीश पिताम्बर शर्माको इजलासबाट घटना अनुसन्धानका लागि म्याद थप भएको हो।
श्रीमती भुजेलको हत्या आरोपमा थापा गत २३ जेठमा पक्राउ परेका थिए।
थापालाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि हाजिर गराइएको थियो।