काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदहरूमा दरखास्त माग गरेको हो।

खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि वरिष्ठ प्रबन्धकमा एक जना, प्रबन्धकमा दुई जना, उप प्रबन्धकमा तीन जना माग गरेको हो।

यस्तै, सहायक प्रबन्धक ५१ जना, सहायक प्रबन्धक (कानुन) दुई जना, सहायक प्रबन्धक सूचना प्रविधि तीन जना, सहायक प्रबन्धक (लेखा)नौ जना, सहायक प्रबन्धक (कृषि) एक जना, सहायक प्रबन्धक (इन्जिनियरिङ) एक जना, सहायक प्रबन्धक (नगद) एक जना, वरिष्ठ सहायक ३९ जना, वरिष्ठ सहायक (कानुन) दुई जना, वरिष्ठ सहायक (नगद) १० जना र वरिष्ठ सहायक (सूचना प्रविधि) पदमा १७ जना गरी जम्मा १४२ पदमा कर्मचारी माग गरेको छ।

इच्छुक उम्मेदवारले आजदेखि साउन ७ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर साउन १४ गतेसम्म दरखास्त दिन सकिने छ।