काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

२४ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्ब रुपैयाँको ऋणपत्र बोलकबोलका लागि आह्वान गरेको छ। राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ।

काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ।

राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ।