काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

आरबी लाइपजिगविरुद्ध खेलेको खेलमा बायर्नले ६–० को प्रभावशाली जित

७ भाद्र २०८२
अ+
अ-

काठमाडाैँ। ह्यारी केनको उत्कृष्ट प्रदर्शनले बायर्न म्युनिकलाई बुंडेसलिगामा सहज विजय दिलाएको छ।

शुक्रबार राति आरबी लाइपजिगविरुद्ध खेलेको खेलमा बायर्नले ६–० को प्रभावशाली जित दर्ता गर्‍यो। केनले ६४औं, ७४औं र ७७औं मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।

साथै, मिचेल ओलिसले दुई गोल गरे भने लुइस डियाजले गोल गरेका थिए। यस परिणामसँगै साविक च्याम्पियन बायर्न म्युनिकले नयाँ सिजनको अभियानलाई धमाकेदार सुरुआत दिएको छ।