काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

१८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाल र वेस्ट इन्डिजबीचको टीट्वेन्टी शृंखलाको खेल तालिकामा परिवर्तन गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप फाइनलका कारण प्रारम्भिक तालिकामा समायोजन गरेको जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले मंगलबार जानकारी दिँदै शृंखलाका खेल अब सेप्टेम्बर २७, २९ र ३० मा संयुक्त अरब इमिरेट्सको सारजाह क्रिकेट मैदानमा हुने बताएका छन्। यसअघि खेलहरू २७, २८ र ३० तारिखमा तय भएका थिए।

नेपालले दुई पटकको टीट्वेन्टी विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यो शृंखला नेपालका लागि ऐतिहासिक महत्वको साथै अक्टोबरमा ओमानमा हुने आईसीसी टीट्वेन्टी विश्वकप एसिया छनोट तयारीका लागि पनि महत्वपूर्ण मानिन्छ।

शृंखलाको आयोजना वेस्ट इन्डिज क्रिकेट बोर्ड र यूएई क्रिकेट बोर्डको सहयोगमा हुँदैछ।