काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२२ भाद्र २०८२
फाइल तस्वीर
अ+
अ-

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी पुस्ताले सोमबार गर्न लागेको विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्।

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बेथितिविरुद्ध युवा पुस्ताले उठाउन लागेको आवाजलाई समर्थन गर्दै घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले जेनजीले सोमबार निकाल्ने जुलुसमा ‘उज्यालो नेपाल अभियान’को तर्फबाट ऐक्यबद्धता व्यक्त गरेका छन्।

घिसिङको समर्थनले सामाजिक परिवर्तनका पक्षमा उभिएको ‘जेनजी’ आन्दोलनलाई थप ऊर्जा मिल्ने विश्वास गरिएको छ।