काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। स्पेनिस खेलाडी कार्लोस अल्काराजले आइतबार राति युएस ओपन पुरुष एकलको उपाधि जितेका छन्।

विश्व नम्बर–२ अल्काराजले फाइनलमा इटालीका नम्बर–१ खेलाडी यानिक सिनरलाई ६–२, ३–६, ६–१, ६–४ को सेटमा पराजित गर्दै छैटौं पटक युएस ओपन र दोस्रो पटक पुरुष एकल उपाधि हात पारे। खेल दुई घण्टा ४२ मिनेट चल्यो।

यस जितसँगै अल्काराज वरीयतामा फर्किएका छन् भने सिनर ६५ हप्तापछि दोस्रो स्थानमा झरेका छन्। यस जितले उनलाई यस वर्षको विम्बल्डन फाइनलको बदला पनि लिन मद्दत गर्यो।

२४ वर्षीय सिनर र २२ वर्षीय अल्काराज नयाँ पुस्ताका टेनिसका सबैभन्दा सफल खेलाडी मानिन्छन्। उनीहरूबीचको प्रतिद्वन्द्विता अहिले टेनिसको सबैभन्दा ठूलो भिडन्तको रूपमा परिचित छ। २०२३ मा भएका सबै ग्रान्डस्लाम उपाधि यी दुई खेलाडीले नै बाँडेका छन्।