काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न अभियानकर्मीहरुले आग्रह गरेका छन् ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ तथा देशका विभिन्न स्थानमा ‘जेनजी’ प्रदर्शनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएकाप्रति ध्यानार्कषण भएको जनाएको हो ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रुपमा कायम गर्न सिजपका तर्फबाट सरकार, नेपाल प्रहरी र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

“माइतीघर मण्डलाबाट सुरु भएको ¥यालीमा विद्यालयको पोसाकमा सयौँ बालबालिका सहभागी भएका समाचार सञ्चारमाध्यममा प्रकाशित भएका छन”, विज्ञप्तिमा भनिएको छ, “आन्दोलनमा बालबालिकाको प्रयोग गर्नु बालअधिकारविरुद्ध भएकाले उक्त कार्यमा बालबालिकाको प्रयोग नगर्न सिजप सबैको ध्यानाकर्षण गराउँछ ।”

सिजपले काठमाडौँ तथा देशका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेसँगै विद्यालयमा रहेका बालबालिकालाई सुरक्षित रुपमा घरसम्म पुग्न सहज वातावरण बनाउन अनुरोध गरेको छ ।