काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।
कर्फ्यू पूर्व बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेटसम्म लागू गरिएको सुवेदीले बताए।
प्रशासनले सोमबार राति ९ देखि मंगलबार बिहान ९ बजेसम्म कर्फ्यू लागू गरेको थियो। जेन-जी समूहको आन्दोलन नरोकिएपछि प्रशासनले कर्फ्यू थपेको हो।