काठमाडौं। कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले केहीबेर अघि पदबाट राजीनामा दिएको उनका सहयोगी विजय अधिकारीले नेपालन्युजलाई जानकारी दिए।
“कर्फ्यु छ, बाहिर निसक्न सकेको छैन,” उनले भने, “प्रधानमन्त्री र पार्टी सभापतिलाई उहाँले जानकारी दिइसक्नुभयो।”
नेता शेखर कोइरालाले राजीनामा दिन लगाएपछि उनीनिकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन्।