काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलले जेन-जी आन्दोलनबाट उत्पन्न परिस्थितिबारे जानकारी दिने भएका छन्।

जंगी अड्डा स्रोतका अनुसार प्रधान सेनापति सिग्देलले मंगलबार राति नै अहिलेका विकसित घटनाक्रमबारे जानकारी गराउने भएका हुन्।

“चिफ सा’बबाट अहिलेको परिस्थितिबारे जानकारी दिनु हुने भएको छ,” एक सैनिक अधिकारीले भने।

जेन-जी आन्दोलन अनियन्त्रित भएर अहिले देशव्यापी रूपमा विध्वंश भइरहेको छ। काठमाडौंमा मुख्य नेताका घर, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, विशेष अदालत, अख्तियारलगायत सरकारी भवन जलिसकेका छन्।

यसैगरी, निजी क्षेत्रका भौतिक सम्पत्तिमा आगजनी भइसकेको छ।

यसअघि जंगी अड्डाले विज्ञप्ति जारी गरी संयमता अपनाउन आन्दोलनकारीलाई अपिल गरेको थियो।