२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। मंगलबार राति १० बजेदेखि देशभर सेना परिचालन हुने भएको छ। सैनिक जनसम्पर्क सूचना निर्देशनालयले सूचना जारी गरी भदौ २४ गते राति १० बजेबाट सेना परिचालन हुने जनाएको छ।

सेना परिचालनको अवस्थामा सहयोग गर्न सेनाले देशबासीलाई अनुरोध गरेको छ।

अहिलेको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधित क्षति पुर्‍याउने, लुटपाट एवम् आगजनी गरिरहेकाले त्यसलाई तुरुन्त रोक्न सेनाले अनुरोध गरेको छ। “यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकाय आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न २०८२ भाद्र २४ गतेको राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँछौं,” सेनाले भनेको छ।