काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी प्रयास भएको छ।
जेन-जी समूहले मंगलबार बिहान दाहाल निवासमा आगजनी र तोडफोडकाे प्रयास गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।
यस्तै, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित निवासमा तोडफोड र आगजनीको प्रयास भएको घिमिरेले बताए।
“अहिले प्रदर्शनकारीलाई त्यहाँबाट लखेट्ने काम भइरहेको छ, प्रचण्ड निवास र सञ्चार मन्त्रीको निवासमा तोडफोड र आगजनीको प्रयास भएको छ,” घिमिरेले नेपालन्युजसँग भने।
ललितपुर जिल्लामा स्थानीय प्रशासनले ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बिहान ७ बजेदेखि राति १२ बजेसम्म लागू गरिएको छ। तर, कर्फ्यूबीच जेन-जी समूहले प्रदर्शन गरिरहेको छ।
“जिल्लाका विभिन्न स्थानमा प्रदर्शन सुरू भएको छ, स्थिति असामान्य हुन नदिन सुरक्षा प्रवन्ध मिलाएका छौं,” घिमिरेले भने।