काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रदर्शनकारीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।
मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले प्रधामन्त्री केपी ओलीले राजीनामा दिइसकेकाले अब संयमता अपनाउन भनेका हुन्। ‘तपाईं हामी अब संयमित हुन जरुरी छ। अब तपाईको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने छ। तयार रहनुहोला’, साहले भनेका छन्।
अब सेना प्रमुखसँग वार्ता हुने र त्यसका लागि संसद विघटन भएको हुनुपर्ने उनले बताएका छन्।