काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ७ बुँदे सहमतिको औचित्य सकिएको भन्दै राजीनामा दिएर नवीन राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि बढ्दै गएको भन्दै न्यायोचित माग बोकेर सडकमा निक्लिएका जेन-जीमाथिको दमन निन्दनीय भएको उनीहरूको भनाइ छ।
“७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ l सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्यूलाई भर्खरै आग्रह गरेका छौं,” उनीहरूले भनेका छन्,” सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं l”