काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

२४ भाद्र २०८२
कांग्रेस पार्टी कार्यालय। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निवासमा उनीहरू छलफल गरिरहेका छन्।

पर्यटनमन्त्री बद्री पाण्डेको सचिवालयले दिएको जानकारी अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। त्यसैका लागि छलफल गर्न मन्त्रीहरू पौडेल निवासमा भेला भएको सचिवालयले बताएको छ ।

“केही बेरमा सामूहिक राजीनामा दिने तयारीसाथ छलफल भइरहेको छ,” सचिवालय स्राेतले भन्यो।