काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। स्थानीय प्रशासनले ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्फू आदेश जारी गरेको छ।

जेन-जी समूहमाथि प्रहरीले सोमबार गोली चलाउँदा १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएपछि उत्पन्न असामान्य परिस्थितिबीच प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी रहने र राति १२ बजेसम्म लागू हुने जनाएका छन्।

कर्फ्यू आदेश जारी भएका क्षेत्रमा ललितपुर महानगरपालिका वडा नम्बर २, ४,९, १८ र २५ छन्। ललितपुर ४,१८ र २५ को भैंसेपाटी क्षेत्रमा कर्फ्यू लगाइएको छ।

त्यहाँ पूर्वमा भैंसेपाटीबाट बुङमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार-गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्नभन्दा तल विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने क्षेत्र रहेको छ।

वडा नम्बर २ अन्तर्गत पूर्वमा सानेपा चोकबाट इन्दायणी मन्दिर क्षेत्र, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्मको बागमती करिडोर सडक, उत्तरमा चक्रपथ सडकको सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने सडकसम्म कर्फ्यू जारी गरिएको छ।

वडा नम्बर ९ को च्यासल क्षेत्र अन्तर्गत पूर्वमा मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा मल पोखरीमा कर्फ्यू लगाइएको छ।