भक्तपुर। जेन-जी समूहका युवाहरूले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको निवास नजिकै प्रदर्शन सुरू गरेका छन्।
बालकोट चोकमा भेला भएर आन्दोलन गरिरहेका युवाहरू प्रधानमन्त्री ओलीविरूद्ध चर्को नारा लगाइरहेका छन्।
बृहस्पति मार्ग, बालकोट चोक आसपासबाट ठूलो संख्यामा जेन-जी समूह प्रदर्शनमा उत्रिएको छ। भक्तपुरमा कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भइरहेको छ।