काठमाडौं। नेपालमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति हङकङमा रहेका नेपालीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज हङकङको जोर्डनमा जम्मा भएका नेपाली जेनजी र अभिभावकले आन्दोलनमा ज्यान गुमाएका युवाहरुको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।
सरकारले निहत्था युवालाई गोली प्रहार गरेको विरोध तथा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गरिएको कार्यक्रम संयोजक रविन कुमार नाल्बोले बताए।



