काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडाैं जिल्ला प्रशासन कार्यालयले चक्रपथ भित्रको लागि कर्फ्यु आदेश जारी गरेको छ। बिहान ८:३० बजेबाट लागू हुने गरी कर्फ्यु आदेश जारी भएको हो।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश नभएसम्मको लागि भन्दै कर्फ्यू आदेश जारी गरेका हुन्।

कर्फ्यू आदेश बालकुमारी पुलदेखि कोटेश्वर चोक, सीनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्म जारी रहने रिजालले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको र यो आदेशभरि कुनै पनि आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनले जनाएको छ।

जेन-जी समूहले सोमबार गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु र तीन सयभन्दा बढी व्यक्ति घाइते भएपछि काठमडौंको सुरक्षा तनावग्रस्त छ।