काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशको भविष्य युवाहरूको हातमा रहेको बताउँदै सबैलाई संयम अपनाउन आग्रह गरेका छन्।
मेयर साहले उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्, “देश तपाईंहरूको हातमा छ र तपाईंहरूले नै यसलाई बनाउनुहुनेछ। अब जति पनि क्षति हुन्छ, त्यो हामी सबैको हुनेछ। त्यसैले अब घर फर्किनुहोस् र परिवारसँग सुरक्षित रहनुहोस्।”
उनले राजनीतिक अस्थिरता र विरोध प्रदर्शनका बीच शान्तिपूर्ण वातावरण कायम राख्न सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। मेयर साहको यो सन्देशले सामाजिक एकता र सहकार्यलाई प्रोत्साहित गर्ने आशा गरिएको छ।
