काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । मुलुकको वर्तमान परिस्थितिका बारेमा उहाँले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रपति पौडेलले प्रदर्शनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेको छ । उनले आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।