काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको सामना गर्न र नयाँ निकासका लागि वार्तामा आउन सबै पक्षलाई आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भएको र अब नयाँ निकासको लागि सबैको सहयोग चाहिएको बताएका छन्। अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्न राष्ट्रपतिले आह्वान गरेका छन्।
लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले वार्तामा आउन सबै पक्षलाई अपील गरेका छन्।