काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। भ्रष्टाचारको विरुद्धमा भएको जेन-जी आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले समाधान खोज्न सर्वदलीय बैठकको बोलाएका हुन्।
‘उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु’, प्रधानमन्त्री ओलीले जारी गरेको अपिलमा भनिएको छ, ‘त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वानसमेत गरेको छु।’
उनले संयम अपनाउन पनि अनुरोध गरेका छन्।