काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोदेखि सुरु भएको जेन-जीको आन्दोलनले चर्को रूप लिएपछि ओलीले आज अपराह्न सवा २ बजे राजीनामा दिएका हुन्।

हिजो सुरु भएको जेन-जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेका कारण अहिलेसम्म १९ जनाको ज्यान गएको छ भने करिब ६ सयभन्दा बढी घाइते भएका छन्। हिजोको सरकारी दमनको प्रतिरोधमा देशव्यापी आगजनी, तोडफोड र हिंसाका घटना बढेपछि ओलीले राजीनामा दिएका हुन्।

यसअघि ओलीले आज साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए। राष्ट्रपतिलाई सम्बोधन गरिएको ओलीको राजीनामा पत्रमा भनिएका छ – “हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ एक (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”