२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिएका छन्।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मंगलबार एक विज्ञप्ति जारी गर्दै सबै सांसदले राजीनामा दिएको बताएका हुन्।

संघीय संसदमा रास्वपाको २० जना सांसद छन्। त्यसमध्ये सभापति रवि लामिछाने निलम्बनमा छन्।

रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपर्ने, सोमबारको घटनाको छानविनका लािग न्यायिक आयोग बनाउनुपर्ने, सर्वपक्षीय नागरिक सरकार गठन हुनुपर्ने लगायतको माग राखेको छ।