काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

२४ भाद्र २०८२
अ+
अ-

भक्तपुर। जेन-जी युवाहरूले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको निवासमा ढुङ्गा प्रहार गरेका छन्। युवाहरुलाई तितरवितर गर्न प्रहरीले हवाइ फायर गरेको छ।

बालकोट चोकमा भेला भएर आन्दोलन गरिरहेका युवाहरू प्रधानमन्त्री ओलीको निवासतिर लागेका थिए।

बृहस्पति मार्ग, बालकोट चोक आसपासबाट ठूलो संख्यामा जेन-जी समूह प्रदर्शनमा उत्रिएको छ। भक्तपुरमा कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भइरहेको छ।