काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिने सम्भावना रहेको बताएका छन्। आन्दोलनकारीहरूले माग गरेअनुरूप नै उनीहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको थापाले एक भिडियोमार्फत बताएका हुन्।

संकट समाधान गर्न राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग पनि कुराकानी भइरहेको उनले जानकारी दिएका हुन्। उनले जेन-जीको मागअनुसार नै देश अघि बढ्नुपर्ने पनि उल्लेख गरेका छन्। “यो बेला जेन-जी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अघि बढ्न सक्छ, अन्तरिम सरकार बनाउने कुरा छ‚” उनले भनेका छन्।

उनले कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने उल्लेख गर्दै तीव्र दलीयकरणबाट नेपाली समाजलाई कांग्रेसले बाहिर निकाल्ने पनि बताए। उनले नेपाली कांग्रेस सरकारमा भएको भन्दै यस विषयमा कांग्रेसले माफी माग्नुपर्ने पनि उल्लेख गरेका छन्। “हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ,” थापाले भने।