काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

६ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल र म्यानचेस्टर सिटीबीचको खेल बराबरी खेलेका छन् ।

गएराति आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो। खेलको नवौं मिनेटमै एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

तर, खेलको अन्तिम समयमा आर्सनलले बराबरी फर्काउन सफल भयो। इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई हारबाट जोगाए।

यो नतिजासँगै आर्सनल ५ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ भने म्यानचेस्टर सिटी ७ अंकका साथ नवौं स्थानमा छ।