काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१६ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका र जमरा लगाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।

आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए।