काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनमा लुटेको पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ६ घर भई काठमाडौं १७, नयाँबजार बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका १०, खोपासी घर भई काठमाडौं १७, छेत्रपाटीबस्ने २३ वर्षीय एलेक्स नेपाली छन्।

उनीहरू दुवैलाई मंगलबार राति काठमाडौं महानगरपालिका १८, ढल्कुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) काजीकुमार आचार्यले बताए।

उनीहरूको साथबाट प्रहरीले मोडल नम्बर ५४ को चिनियाँ पेस्तोल एक थान, म्यागजिन र १२ राउन्ड गोली बरामद गरिएको आचार्यले बताए। पक्राउ परेकामध्ये श्रेष्ठले नयाँबजारस्थित आफू बस्ने घरमा पेस्तोल पड्काएर भिडिओ खिचेका थिए।

सामाजिक सञ्जालमा भिडिओ फेला पारेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। “हतियार कुन प्रहरी कार्यालयको हो भन्ने यकिन भइसकेको छैन, जेन-जी आन्दोलनमा लुटिएको हतियार हो,” आचार्यले भने। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।