काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। चितुवाको छाला (आखेटोपहार)सहित प्रहरीले ललितपुरबाट दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं शंखरपुर नगरपालिका-६ का ४० वर्षीया रामदेवी श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका-५ की ४६ वर्षीया मथुरा विक छन्।

उनीहरूलाई ललितपुर महानगरपालिका-१९ ग्वार्कोबाट बिहीबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट एक थान चितुवाको आखेटोपहारसहित पक्राउ गरेको परिसरले जनाएको छ। दुबै जनालाई वृत्त सातदोबाटोले हिरासतमा राखेर अनुसन्धान थालेको छ।