काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

१६ कार्तिक २०८२
विशेष अदालत। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लालबहादुर योगीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी क्रसर उद्योगलाई बेचेको आरोपमा योगीविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए।

पौडेलसँग ९५ लाख ९८ हजार रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ। यस्तै अख्तियारले बज्र गुरु कन्स्ट्रक्सन प्रालि कुपन्डोल ललितपुर र त्यसका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध पनि मुद्दा दायर गरेको छ। कम्पनी र रानासँगसमेत अख्तियारले ९५ लाख ९८ हजार रुपैयाँ बिगो र सजाय माग गरेको छ।

कालाकाटे-गढवा सडक निर्माणका लागि आव ०६६/६७ मा राप्ती नदीको किनारमा राखिएको ढुंगा-गिट्टी, बालुवा क्रसर उद्योगीलाई बिक्री गरेको आरोपमा प्रहरीले एक्साभेटर, टिपर र बिल भर्पाई बरामद गरेको थियो। उक्त प्रकरण उजुरी परेपछि अनुसन्धान थाल्दा अधिकृत र उक्त कन्स्ट्रक्सनले आपसी मिलेमतोमा नदीजन्य पदार्थ बिक्री गरेको पाइएको अख्तियारले जनाएको छ।