पर्वत। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्वतमा श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोदी गाउँपालिका-६ दराकका ५१ वर्षीय जितबहादुर विक रहेका छन्।
उनलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। ५२ वर्षीया श्रीमती सीता विकको हत्या गरेको अभियोगमा उनीमाथि रहेको उक्त कार्यालयले जनाएको छ।
जितबहादुरले कुटपिट गर्दा सीता गम्भीर घाइते भएकी थिइन्। घाइते सीताको प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृत्यु भएको थियो।
घटनालगत्तै प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको प्रहरीले जितबहादुरलाई पक्राउ गरेको थियो।