काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

२५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ। आज नेप्से ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा रोकिएको छ। आज नेप्से ०.१२ प्रतिशतले बढेको हो।

आज ३२७ कम्पनीको ४४ हजार ६३२ पटकको कारोबारमा ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँबराबरको कारोबार भयो।

आज १३ समूहको कारोबार हुँदा सात समूहको सूचक बढ्दा ६ वटा समूहको सूचक घटे।

आज साइन रेसु‌गा डिबेन्चर र बन्दीपुर केबलकारको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। नेपाल एसबीआईको डिबेन्चरको सेयर मूल्य ९.३९ प्रतिशतले घट्यो।

सहास ऊर्जा लिमिटेडको आज सबैभन्दा धेरै ३५ करोड ५८ लाख ७१ हजार ३७ रुपैयाँबराबरको कारोबार भएको छ। जसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६७३ रुपैयाँ कायम रह्यो।