काठमाडौँ। सरकारले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णयको आज (मंगलबार) सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
सरकारले यसपटक विभिन्न १७ वटा निर्णय गरेको छ। जसमा प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीको नियुक्ति, मधेस प्रदेशमा नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नियुक्ति तथा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्तलगायत विभिन्न निर्णय गरेको छ।
प्रवक्ता खरेलका अनुसार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरिएको छ। कार्की ३३औं प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका हुन्।
यसैगरी सरकारले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। प्रदेश प्रमुखका रुपमा सरकारले सुरेन्द्र लाभ कर्णको नाम सिफारिस गरेको छ।
यसैगरी सरकारले भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने पनि निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।
सरकारले २३ र २४ भदौको घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने निर्णय पनि गरेको छ। साथै सरकारले २६ देखि २८ कात्तिकसम्म भारतको नयाँदिल्लीमा नेपाल-भारत को-अर्डिनेसन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति प्रदान गरेको छ।
साथै सरकारले १ देखि ७ फागुनसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णयसमेत गरेको प्रवक्ता खरेलले जानकारी दिए।
यस्ता छन् सरकारले गरेका १७ निर्णय :