काठमाडौँ। नख्खु कारागारबाट फरार भएका तीन जना अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-२ घर भएका ४७ वर्षीय अनिलकुमार तामाङ रहेका छन्।
सवारी अंगभंग मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनी २४ भदौको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए।
यस्तै, अन्य पक्राउ पर्नेमा झाःका ३७ वर्षीय किरण सिंह सुवेदी रहेका छन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उनी कारागारमा थिए। सात वर्ष कैद तोकिएकोमा उनी पाँच वर्ष कारागार बसिसकेका थिए।
यस्तै, ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ चौघरे घर भएका ४० वर्षीय अर्का एक अभियुक्त पक्राउ परेका छन्। हाड नाता करणीमा उनीविरूद्ध २६ वर्ष कैद तोकिएको थियो।
बोगटीले पक्राउ परेका तीनै जनालाई नख्खु कारागार चलान गरिएको बताए।