२५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। कम्युनिस्ट पार्टीहरुमा एकता र पार्टी प्रवेशको लहर चलिरहँदा दुई राप्रपा पनि एकताको प्रयासमा जुटेका छन्।

राप्रपा फुटेर बनेको राप्रपा नेपालबीच एकताका लागि छलफल सुरु भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच मंगलबार धुम्बाराहीको एक होटेलमा वार्ता गरेका छन्।

दुवै नेता एकताका लागि सकारात्मक बनेको र थापाले लिङ्देनलाई अध्यक्ष स्वीकार्न सक्ने संकेत गरेपछि एकताको वातावरण बनेको बुझ्न सकिन्छ। लिङ्देन राप्रपाको अध्यक्ष बनेपछि थापा असन्तुष्ट बन्दै राप्रपा नेपाल पार्टी दर्ता गराएका थिए।