२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई पाँच वर्षका लागि सचिवमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेका अनुसार कँडेललाई आजैबाट लागु हुने गरी सचिव पदमा नियुक्त गरिएको हो। उनी चौँरीदेउराली गाउँपालिका ८‚ काभ्रेका स्थायी बासिन्दा हुन्।

राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो। अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो। अधिवक्तासमेत रहेका कँडेल नेपाल बारको पूर्वसचिवसमेत हुन्।